कालो सूचीमा परे एमालेका कार्यकर्ता, अर्थमा छिर्न नदिने आदेश
काठमाडौं । झापा जिल्ला घर भएका अर्थमन्त्री युवराज खतिवडाले एमालेका नेता तथा कार्यकर्ताहरूका लागि मन्त्रालयको ढोका बन्द गरिदिएका छन् ।
एमालेको राजनीति नै नगरेर एकाएक मूलधारको राजनीतिमा छिरेका खतिवडाले राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूलाई प्रवेश निषेध गरेका हुन् ।
केही दिन अगाडि भेट्न पुगेका एमालेका नेता तथा कार्यकर्ताहरूलाई किन छिराएको भनेर खतिवडाले सचिवालयको सातो लिएको स्रोतले जनाएको छ ।
अर्थमन्त्रालयको क्यान्टिनमा भेटिएका एमालेका एक नेताले भने, ‘युवराज खतिवडाले एमालेका कार्यकर्तालाई अर्थमन्त्रालय छिर्न नदिनु भनेर निर्देशन दिएका रहेछन् । अर्थमन्त्री खतिवडा पावर फुल हुनुहुन्छ । हामी जस्ताको महत्व छैन ।’
स्रोतका अनुसार खतिवडाले व्यावारी र पहुँचवालाहरूलाई मात्रै सहज रुपमा भेट्ने गरेका छन् । यस विषयमा प्रधानमन्त्री केपी ओलीसम्म उजुरी पुगेको छ ।
प्रधानमन्त्री केपी ओलीको गृहजिल्लाका खतिवडालाई राष्ट्रिय सभा सदस्यमा नियुक्ति गरेर सिधै अर्थमन्त्री बनाइएको थियो ।
अर्थमन्त्रालय चलाउने क्षमता आफूमा मात्रै रहेको भन्ने घमण्ड खतिवडामा पलाएको एमालेका नेता तथा कार्यकर्ताले आरोप लगाउन थालेका छन् ।
‘एमालेमा अर्थमन्त्री बन्ने क्षमता भएको कोही पनि छैनन् भने जसरी युवराज खतिवडालाई मन्त्री बनाइयो’, ती नेताले भने, ‘अहिले आएर खतिवडाले एमालेका कार्यकर्तालाई गन्नै छाडेका छन् ।’
खतिवडाको व्यवहारबाट धेरै एमालेका कार्यकर्ताको मन भाँच्चिएको छ । खतिवडा ओलीको गृहजिल्लाकै भएका कारण पनि उनीविरुद्ध धेरै बोल्न आँट धेरैले गर्ने गरेका छैनन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत