विश्वकप छनोटमा नेपाल आठौं, विश्व वरियतामा १६औं
काठमाडौं । जिम्बावेमा जारी आईसिसी विश्वकप छनोटमा नेपालले आठौं स्थान हात पारेको छ । सातौं स्थानका लागि भएको खेलमा नेपाल, नेदरल्यान्ड्ससँग ४५ रनले पराजित भयो ।
यसअघि सातौं स्थानका लागि भएको प्ले अफ खेलमा पपुआन्युगिनीलाई हराएर नेपालले एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता पाएको थियो ।
समूहगत चरणमा सुरुका तीन वटै खेलमा पराजित भएको नेपालले चौथो तथा अन्तिम खेलमा हङकङलाई हराएर एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाउने सम्भावना कायम राखेको थियो। नेदरल्यान्ड्ससँगको नतिजापछि नेपाल विश्व वरियतामा १६ औं स्थानमा रहनेछ ।
टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर एक सय ८९ रन जोड्यो । सोमपाल कामीले चार तथा ललित राजबंशी र सन्दीप लामिछानेले दुई दुई विकेट लिए ।
नेदरल्यान्ड्सका बास डे लिडेले ३९, म्याट डोउडले २८, पिटर सिलारले २३ तथा रोलेफ भान डर मार्वे र स्कट एडवार्ड्सले २५/२५ रन बनाए ।
नेपालले ४४ ओभर ४ बलमा सबै विकेट गुमाएर १४४ रन जोड्यो। नेपालका सोमपाल कामीले ३६, दीपेन्द्रसिंह एेरीले २५, कप्तान पारस खड्का २२, अारिफ शेख पाँच,अनिल शाह ८, ज्ञानेन्द्र मल्ल चार र रोहित पौडेल शुन्यमा आउट भए ।
पछिल्लोक्रमका सोमपाल कामीले र करन केसीले १३ रन बनाए । सन्दीप लामिछानेले अविजित १४ रन बनाए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत