विद्या भण्डारीको उम्मेदवारी धरापमा, विपक्षीले उठाए प्रश्न
काठमाडौं । वाम गठबन्धनबाट राष्ट्रपतिमा उम्मेदवारी दिएकी एमाले नेतृ विद्यादेवी भण्डारीलाई पदबाट राजीनामा दिन राष्ट्रपतिकी अर्की उम्मेदवार कुमारी लक्ष्मी राईले सुझाव दिएकी छिन् ।
भण्डारीले पदीय दुरुपयोग गरेर राष्ट्रपतिमा प्रतिस्पर्धा गरिरहेको राईले आरोप लगाइन् । ‘मैले उम्मेदवारी दिएकै दिन भनेकी थिएँ – चुनाव जित्ने र नजित्ने भनेको निर्वाचनको मत परिणामले देखाउने हो । मैले त संविधानअनुसार नै उम्मेदवारी दिएको हुँ । तर, वर्तमान राष्ट्रपति त संविधान मिचेरै काम उम्मेदवारी दिन जानुभएको छ’, उनले आरोप लगाइन् ।
‘सरकारी पदमा बसेर सरकारी हुलहुज्जतका साथ उहाँ उम्मेदवारी दर्ता गर्न जानुभएको सबैले देखेकै कुरा हो’, राईले भनिन्, ‘सरकारी ढुकुटी रित्याएर त्यसो गर्न नैतिकताले दिन्छ ? चुनाव प्रचारमा सरकारी खर्च हुन्छ । त्यो कसले देख्ने ? उहाँले त पदबाट राजीनामा दिएर उम्मेदवारी दिनुपर्ने हैन र ? खै नियम पालना भएको ?’
‘सांसदको सपथ नै नलिएका व्यक्तिहरूलाई विद्या भण्डारीले प्रधानमन्त्री, मन्त्रीमा शपथ खुवाउनुभयो’, उनले भनिन्, ‘यस्तो संविधान मिचेर काम गर्ने व्यक्तिबाट नेपाली जनताले के आशा गर्ने ?’
भण्डारीको उम्मेदवारीका विषयमा आफूहरूले कानूनविद्हरूसँग छलफल गरिरहेको उनले बताइन् । ‘भण्डारीको उम्मेदवारी खारेज हुनुपर्छ । नभए हामी सर्वोच्चमा रिट हाल्छौं’, राईले भनिन् ।
राष्ट्रपति पदमा उम्मेदवारी दिन भण्डारी सरकारी दलबलसहित संसद भवन नयाँ बानेश्वर पुगेकी थिइन् । भण्डारीको गतिविधिको चारैतिर विरोध एको थियो । भण्डारीले आफूलाई संविधान र पदीय मर्यादा विपरितका क्रियाकलापमा संलग्न गराएको भन्दै कांग्रेसले आलोचना गर्दै आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत