गच्छदारसँग हार्ने भएपछि एमालेकी भगवतीले देखाइन ‘दुर्गाको अवतार’
काठमाडौं । सुनसरी क्षेत्र नं. ३ प्रतिनिधी सभामा उम्मेदवार बनेकी एमाले नेतृ भगवती चौधरीले मतदान प्रक्रिया अवरोध गरेकी छिन् ।
मतगणनाका क्रममा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसँग झिनोमतले पछाडि परेकी भगवती चौधरीले सोमबार दिउँसोदेखि अवरोध पुगाएकी हुन् ।
उनले विजयकुमार गच्छदारले सेटिङ गरेर आफूलाई हराउन लागेको आरोप लगाएकी छिन् । गच्छदारले भगवती चौधरीले लगाएका आरोपहरू अस्वीकार गरेका छन् ।
विजयकुमार गच्छदारसँग १ सय ५५ मतले अगाडि रहेकी भगवती चौधरीले सुनसरी निर्वाचन कार्यालयमा उजुरी पनि दिएकी छिन् । भगवतीका समर्थकहरूले मतगणनास्थल वरपर नारावाजी गरेका छन् ।
पछिल्लो मत परिणाम अनुसार एमालेकी भगवती चौधरीले २९ हजार ३ सय २६ र कांग्रेसका विजयकुमार गच्छदारले २९ हजार १ सय ७१ मत पाएका छन् ।
उनीहरूका बीच जम्मा १ सय ५५ मतको अन्तर छ । अझै पाँच हजार मत गणना गर्न बाँकी छ ।
1 प्रतिकृया प्राप्त “गच्छदारसँग हार्ने भएपछि एमालेकी भगवतीले देखाइन ‘दुर्गाको अवतार’”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

वलीको पार्टीका उम्मेद्वारले पनि किन हार्नु पर्ने? यो हुनै नसक्ने कुरा गरेर यी विजयले के अचम्म गरेका!