पूर्व डिआईजी सिलवालका पार्टनरले गरे ठूलो खुलासा, एमालेसँग ५ करोडमा टिकट खरिद
काठमाडौं । नेपाल प्रहरीका पूर्व डिआर्इजी एवम् ललितपुर क्षेत्र नं. १ बाट प्रतिनिधी सभामा उम्मेदवारी दिएका नवराज सिलवालले पदमा रहँदा ज्यातिसहित दुःख दिएको भन्दै गुनबहादुर थापाले ललिपुरका मतदाताहरूसँग न्यायको अपील गरेका छन् ।
ललिपुर जिल्ला क्षेत्र नं. १ बाट प्रतिनिधी सभामा उम्मेदवारी दिएका थापाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर पूर्व डिआईजी सिलवाल सर्वसाधारणका लागि उपयुक्त व्यक्ति नरहेको बताएका हुन् । उनले भने, ‘पूर्व डिआईजी नवराज सिलवाल कलियुगको रावण हुन् । ललितपुरका जनतालाई दुःख दिन प्रतिनिधी सभामा उम्मेदवार बनेका छन् ।’
नवराज सिलवालले वर्षौंदेखि संगठन गरेर बसेका एमाले ललिपुरका नाम चलेका नेताहरूलाई अन्याय गरेको समेत बताए । ‘नवराज सिलवाल भन्ने व्यक्ति पैसाको लागि जे पनि गर्ने व्यक्ति हुन्’, पत्रकार सम्मेलनपछि रिपब्लिका दैनिकसँग कुरा गर्दै भने, ‘एमालेलाई पाँच करोड पैसा दिएर टिकट किनेका हुन् । यस्ता व्यक्ति ललितपुरका जनता र ललिपुर एमालेका नेताहरूका दुश्मन पनि हुन् । उनलाई कुनै पनि हालतमा मतदान गर्नु हुँदैन ।’
थापासँग विगतमा जग्गा कारोबार र मिटरव्याजमा पैसा लगाएका कारण सिलवाल विवादमा फसेका थिए । यो विषयमा प्रहरी मुख्यालयले आन्तरिक रुपमा छानविन गरेर कारबाही समेत गरेको थियो ।
थापाले आठौं पटक पत्रकार सम्मेलन गरेर सिलवालको कालो कर्तुतहरू सार्वजनिक गरेको बताए ।
कुनै बेलाका व्यावसायिक साझेदार थापाले सिलवालविरुद्ध ललितपुर क्षेत्र नम्बर १ बाट स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । थापालाई निर्वाचन आयोगले चुनाव चिन्ह ‘शंङ्ख’ दिएको छ । चुनावी कार्यक्रमलाई तिब्रता दिएका थापाको प्रचार समूहलाई प्रहरी लगाएर सिलवालले केही दिन अघि चापागाउँबाट पक्राउ समेत गराएका थिए ।
थापा र सिलवालबीचको मिटरव्याज काण्ड यसअघि पटक–पटक सञ्चारमाध्यममा आइसकेको छ । सिलवाल पदमा रहँदा मिटर व्याज लिएको तथा कारोबार बिग्रिएपछि आफूमाथि अन्याय गरेको थापाको आरोप छ ।
थापाले भने, ‘नवराज सिलवालविरुद्ध म कानूनी लडाई लडिरहेको छु । सिलवाललाई अब ललितपुरका जनताले न्यायनिसाफ गर्ने छन् ।’
आईजीपी बन्ने लोभमा सिलवालले प्रहरीमा रहँदा किर्ते गरेको आरोप लगाएका थापाले भने, ‘राज्यलाई समेट ढाँट्न ठगलाई हदैसम्मको कारबाही हुनुपर्छ ।’
एमालेमा केही हप्ता अगाडि प्रवेश गरेका सिलवाल वाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका छन् । उनको प्रचार प्रसारमा एमाले ललितपुरका नाम चलेका नेताहरू हिँड्ने गरेका छैनन् ।
यस्तो छ सिलवालको मिटर व्याज काण्ड
सिलवालले झुट्टा मुद्दा लगाएर लामो समयसम्म थापालाई विभिन्न कारागारहरूमा राखेका थिए । पूर्व डिआइजी सिलवाल र थापाबीचको विवाद आठ वर्ष अगाडि टुङ्गिएको थियो ।
नेपाल प्रहरीमा आर्इजीपी नियुक्त प्रक्रियामा सिलवाल विवादमा परेपछि यो मुद्दाको फैसलाले निरन्तरता पाएको थियो ।
पछिल्लो समय मानव ओसारपसार विरुद्धको मुद्दाका विषयमा अनुसन्धान गर्न प्रहरीको केन्द्रीय कार्यालयले नै थापालाई इटहरी झिकाएको थियो । प्रहरीको केन्द्रीय कार्यालयले अनुसन्धानबाट थापा निर्दोष साबित भएका थिए ।
सिलवालले अझै पनि कैदी भनेर आफ्नो चरित्र हत्या गर्न खोजेको थापाको आरोप छ । केन्द्रिय अनुसन्धान व्यूरो (सिआईवी)मा आएपछि सिलवालले नारायणी विकास बैंकका ऋणी रहेका थापालाई बैंकिङ कसुरको झुटो मुद्दा लगाई मकवानपुर जिल्लाको भीमफेदी कारागारमा १५ महिना जेलमा राखेका थिए ।
बैंकिङ कसुरको झुटो मुद्दामा अदालतबाट सफाइ पाइसकेपछि त्यस बेलाका डिआर्इजी सिलवालले मानव ओसार–पसारमा पवित्रा लिम्बुलाई पक्ष बनाएर अर्को झुटा मुद्दा दायर गरेका थिए ।
डिआर्इजी सिलवालले इटहरी–४ कि पवित्रा लिम्बुको नामबाट दर्ता भएको उक्त मुद्दा अहिले आएर प्रहरीले नै झुटो ठहराएको छ । पूर्वाञ्चल र हेडक्वाटरले नै गरेको अनुसन्धानका क्रममा पवित्रा लिम्बु नाम गरेको युवती उक्त ठेगानमा नरहेको पुष्टि गरेपछि थापा जेलबाट छुटेका हुन् ।
त्यसपछि थापाले सिलवालका गलत कार्यहरूको विभिन्न माध्यमबाट सार्वजनिक गर्दै आएका छन् । यद्यपि, सिलवालले आफ्ना पुराना व्यावसायिक साझेदार थापालाई चिन्दैन भनेर अभिव्यक्ति दिन गरेका छन् । जबकि सिलवाल र थापाबीच भएको अडियो सम्वाद सार्वजनिक भइसकेको छ । एक अन्तर्वार्तामा सिलवालले त्यो अडियो आफ्नो नभएको दाबी गरेका छन् ।
थापाले भने, ‘अहिले नचिन्ने नवराजजीले त्यति बेला मसँग खुसुखुसु मिटर व्याजमा पैसा खाएको चाहिँ भुल्नु भयो है । उहाँ मेरो व्यावसायिक साझेदार हुन् ।’
‘सिआईबीमा रहँदा त्यो अडियो गलत हो भनेर नवराज सिलवालले प्रयोगशालामा कहिल्यै पनि लैजाने हिम्मत गरेनन् । अडियो सत्य हो । फस्ने डरले सिलवालले अडियो परीक्षण नगरेका हुन्’, थापाले भनेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत