राष्ट्रिय सभाको उम्मेदवार बन्न प्रधानमन्त्रीका सल्लाहकारले दिए राजीनामा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन् ।
गजुरेलले मंसिर २० गते राजीनामा दिएका हुन् । गजुरेलको राजीनामा अझैसम्म स्वीकृत भइसकेको छैन ।
गजुरेलले प्रमुख राजनीतिक सल्लाहकारबाट राजीनामा दिनुको कराण खुलाएका छैनन् ।
गजुरेलले राष्ट्रिय सभामा उम्मेदवार बन्नका लागि पदबाट राजीनामा दिएको चर्चा छ । गजुरेलले राष्ट्रिय सभामा टिकटको दाबी गरेका छन् ।
मंसिरमा सम्पन्न निर्वाचनमा गजुरेलले प्रतिनिधिसभाको टिकट पाएका थिएनन् । सिन्धुली जिल्लाबाट उनले टिकटमा दाबी गरेका थिए ।
Published : Sunday, 2023 December 10, 7:33 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया