अमरेशले भनेअनुसार एनसेल काण्डमा प्रधानमन्त्री र गंगाको हात छ ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवालयले स्वतन्त्र सांसद अमरेशकुमार सिंहले एनसेलसँगको मिलेमतोमा प्रधानमन्त्री र उनकी छोरीको संलग्नता रहेको आरोपको खण्डन गरेको छ ।
सांसदसमेत रहेका एक व्यक्तिले कुनै तथ्य, प्रमाणविना प्रधानमन्त्री र उनका परिवारको नाम एनसेल प्रकरणमा मुछेर दुष्प्रचार गरेको भन्दै सचिवालयले गम्भीर आपत्ति जनाएको छ ।
यसको प्रतिक्रियामा प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री र सचिवालयका कसैको पनि एनसेल र त्यस प्रकरणमा कुनै पनि व्यक्तिसँग मिलेमतो त परै जाओस् सामान्य संवादसम्म पनि नभएको स्पष्ट पारेको छ ।
सचिवालयले कुनै तथ्य प्रमाणबिना यस प्रकारका झुट्टा प्रचार नगर्न सम्बन्धित सबैमा आग्रहसमेत गरेको छ ।
स्वतन्त्र सांसद सिंहले एक कार्यक्रममा एनसेल प्रकरणमा प्रधानमन्त्री र उनको परिवारको प्रत्यक्ष संलग्नता रहेको दाबी गरेका थिए ।
‘म दावाका साथ भन्छु, यो प्रकरणमा प्रधानमन्त्री र उनको परिवारको प्रत्यक्ष संलग्नता छ’, सिंहले भनेका छन् ।
‘प्रधानमन्त्रीकी छोरी तथा स्वकीय सचिव गंगा दाहालले कुन–कुन व्यापारीसँग कुन–कुन मामिलामा कति रकम बुझेकी छिन त्यो सबै प्रमाण मसँग सुरक्षित छ’, सिंहले भने ।
‘समय आएपछि त्यो सबै प्रमाण जनता र मिडियामा लिएर जानेछु’, स्वतन्त्र सांसद सिंहले भनेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया