तुलसीपुरकी गोमालाई मोटरसाइकलले राजपुरमा ठक्कर दिँदा ज्यान गयो
लमही । दाङमा मोटरसाइकलको ठक्करबाट ७० वर्षीया गोमाकुमारी भण्डारीको मृत्यु भएको छ ।
राजपुर गाउँपालिका–१ कटवेरुवामा रा.४ प १०२४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री तुलसीपुर उप–महानगरपालिका–७ गणेशपुर बस्ने भण्डारीको शुक्रबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी भण्डारीको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Published : Saturday, 2023 December 9, 7:33 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया