दुई उप-सचिवलाई सह–सचिवमा बढुवाको सिफारिस
काठमाडौं । लोक सेवा आयोगको बढुवा सिफारिस समितिले दुई उप–सचिवलाई सह–सचिवमा बढुवाका लागि सिफारिस गरेको छ ।
समितिले लेखापरीक्षण सेवातर्फ १ र इञ्जिनियरिङ सेवातर्फ १ गरी दुईजना उप–सचिवलाई सह–सचिवमा बढुवाका लागि सिफारिस गरेको सूचनामा उल्लेख छ ।
लेखापरीक्षण सेवातर्फ जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा उप–सचिव पशुपतिकुमार काफ्ले र इञ्जिनियरिङ सेवातर्फका उप–सचिव माधवजंग कार्कीलाई समितिले सह–सचिवमा बढुवा गर्न सिफारिस गरेको छ ।
लेखापरीक्षतर्फ १ जना सह–सचिवका लागि १ जनाको मात्रै योग्यता पुगेको छ । त्यसमा एक जनाको मात्रै आवेदन परेको छ ।
इञ्जिनियरिङतर्फ चार जनाको आवेदन परेको छ । भीमार्जुन पाण्डे, महेश्वर घिमिरे र पुष्करप्रसाद पोखरेलको निवेदन परेको थियो ।
Published : Thursday, 2023 December 7, 11:07 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया