प्रहरी अस्पताललाई स्तरोन्नति गर्न सहयोग गर्ने मुख्यमन्त्री चौधरीको प्रतिवद्धता
नेपालगञ्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशका विभिन्न अस्पताल र स्वास्थ्य संस्थाहरूको स्तरोन्नतिका साथै आधुनिकीकरण गर्ने विषय प्राथमिकतामा रहेको बताएका छन् ।
बुधवार नेपालगन्जस्थित लुम्बिनी प्रदेश प्रहरी अस्पतालको निरीक्षणका क्रममा चौधरीले प्रदेश प्रहरी अस्पतालको पनि स्तरोन्नति गरिने बताए । उनले बिरामीको चाप र सेवा हेर्दा प्रहरी अस्पताललाई ५० शय्याको बनाउन आवश्यक देखिएको बताएका छन् ।
प्रक्रिया पूरा गरेर ५० शय्याको स्वीकृति प्रदान गरिने उनले बताए । १५ शय्याको प्रहरी अस्पताल अहिलेका लागि निकै सानो र कम क्षमताको रहेकोले आवश्यक पर्ने पूर्वाधारसँगै जनशक्ति र उपकरण थप गरेर स्तरोन्नति गरिने मुख्यमन्त्री चौधरीले बताए ।
लुम्बिनी प्रदेश प्रहरी अस्पतालका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डा. अमिनकुमार श्रेष्ठले अस्पतालको गतिविधि र समस्याहरूका बारेमा जानकारी गराएका छन् ।
अस्पताल प्रमुख डा. श्रेष्ठले ४२ बेडको अस्पतालको नयाँ भवन निर्माणाधीन रहेको भन्दै भवनको निर्माण पूरा हुनेबित्तिकै ५० शय्याको अनुमति दिन आग्रह गरेका छन् ।
अस्पताललाई सर्वसाधारणका लागि समेत सञ्चालन गर्ने गरी त्यहाँ रहेको करिब ४ बिघा क्षेत्रफलमा अस्पताल स्तरोन्नति गर्नका लागि मास्टर प्लान तयार पारिसकिएको डा.श्रेष्ठले बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया