सशस्त्रद्वारा श्रोत नखुलेको ठूलो रकम बरामद, मान्छेसहित भन्सारमा बुझायो
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले श्रोत नखुलेको नेपाली रुपियाँसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।
श्रोत नखुलेको ८ लाख नेपाली रुपियाँसहित सशस्त्र प्रहरीले सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका ३ चमारटोलस्थित सीमा ईलाकाबाट मंसिर १६ गते ४२ वर्षीय महोमद फिरोजलाई नियन्त्रमा लिएको विज्ञप्तिमा उल्लेख छ ।
बरियारपट्टी गाउँपालिका– २ श्रीपुर बस्ने फिरोजलाई श्रोत नखुलेको रुपियाँसहित बीओपी बरियारपट्टीले नियन्त्रणमा लिएका थियो ।
भारतबाट साईकलमा नेपालतर्फ आउँदै गरेका उनलाई गस्तीमा खटिएको सुरक्षा फौजले जाँच गर्दा उनको साथमा १ हजार दरको ४ सय ९६ वटा, ५ सय दरको ६ सय ३ वटा र १ सय दरको २५ वटा नेपाली नोट फेला पारेको हो ।
उनले सो रकम कहाँबाट कुन प्रयोजनको लागि लिएको भन्ने श्रोत खुलाउन नसेकपछि नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका फिरोजलाई बरामद रुपियाँ तथा साईकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मार्डरमा बुझाइएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया