विमानस्थलबाट दुईजना भारतीय नागरिक ८ लाख भारुसहित पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंबाट ८ लाख भारतीय रूपियाँसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
अवैध रूपमा बाह्य मुलुकतर्फ लैजाने लागेको विभिन्न दरका गरी जम्मा ८ लाख भारतीय रूपियाँसहित २ जना भारतीय नागरिक ३५ वर्षीय धर्मेद्र नागर र ४२ वर्षीय पंकज गुप्तालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिसतारा एयरको उडानद्वारा दिल्ली जान लागेका उनीहरूलाई अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड व्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा भारतीय रुपियाँसहित प्रहरीले पक्राउ गरेको थियो ।
धर्मेद्र नागरलाई ५ सय दरका ७ सय ५७ थान, दुई सय दरका २ सय ३० थाम र १ सय दरका ६ सय ७० थान गरी ४ लाख ९१ हजार ५ सय भारतीय रुपियाँ र पंकज गुप्तालाई ५ सय दरका ६ सय १७ थान गरी ३ लाख ८ हजार ५ सय भारतीय रूपियाँसहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोक, ललितपुर पठाइएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया