लुम्बिनीका मुख्यमन्त्री चौधरीविरुद्ध सरकारी निवासबारे गलत समाचार प्रकाशित, सचिवालयद्वारा खण्ड

मसुरिया । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफूलाई दाेहाेराे सविधासँग जाेडेर आएका समाचारमा सत्यता नरहेकाे भन्दै खण्ड गरेका छन् ।

शुक्रबार मुख्यमन्त्री चौधरीकाे निजी सचिवालयले खण्ड प्रकाशित गरि मुख्यमन्त्रीलाई दाेहाेराे क्वाटर सुविधा भन्ने समाचारमा सत्यता नरहेको जनाएको हाे । `मुख्यमन्त्रीज्युलाई जोडेर केही सञ्चार माध्यमहरुले प्रकासन गरेको ‘सरकारी सम्पत्ति दुरुपयोग : मुख्यमन्त्रीलाई दोहोरो क्वाटर सुविधा’ शीर्षकको समाचारप्रति ध्यानाकर्षण भएको छ´, खण्डमा भनिएकाे छ ।

प्रदेश सरकारले दिएको आवासीय सुविधा मुख्यमन्त्रीका लागि राजधानी क्षेत्र राप्ती उपत्यकामै रहेको र सोहि आवासनै प्रयोग हुदै आएको समेत जानकारी गराइन्छ´, चौधरीकाे सचिवालयले भनेकाे छ, `मुख्यमन्त्रीज्यूले समाचारमा भनिए जस्तो दोहोरो क्वाटर सुविधा नलिएको प्रष्ट पार्दछौ ।´

असत्य र भ्रम सिर्जना गर्ने समाचार भन्दा सत्यतथ्यमा आधारित रहेर समाचार प्रकाशन र प्रशारण गर्न समेत सम्बन्धित सञ्चार माध्यमलाई आग्रह गर्दछौ´, खण्डमा भनिएकाे छ, `बुटवलमा रहेको र पूर्व मुख्यमन्त्रीहरूले क्वाटरको रुपमा प्रयोग गर्दै आउनु भएको पूर्वाधार मन्त्रिपरिषदको मिति २०८०/ ५/७ गते निणर्य अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको कार्य सम्पादनलाई सहज बनाउन र लुम्बिनी प्रदेश सरकारको आयोजनामा हुँदै गरेको शिखर सम्मेलन (लौरेड एण्ड लिडर सम्मेलन) सचिवालयका लागि सम्पर्क कार्यालयको रुपमा स्थापना गरिएको छ ।´

खण्डमा भनिएको छ, `आम सञ्चार माध्यामहरुलाई सत्यतथ्य र विषयबस्तुमा जानकार भएर समाचार सम्प्रशेन तथा प्रकाशन/प्रशारण गर्न आग्रह गर्दछौ ।´

मुख्यमन्त्री चौधरी देउखुरीकाे मसुरिया वडा नं. ३ मा रहेको लुम्बिनी प्रदेशको राजधानीकाे कार्यालयमा रहेको सरकारी निवासमा बस्दै आएका छन् । केही सञ्चार माध्यमले गलत समाचार प्रकाशित गरेर भ्रम फैलाउन खाेजेपछि मुख्यमन्त्रीकाे सचिवालयले खण्ड गरेकाे छ ।

Published : Friday, 2023 December 1, 7:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया