नयाँ बुहारी श्रृङ्खलालाई भित्र्याउनु अगाडि कान्तिपुरका मालिक सिरोहियाको कुरा मिल्यो

काठमाडौं । नयाँ बुहारी भित्र्याउनुभन्दा अगाडि कान्तिपुर मिडिया ग्रुपका मालिक कैशाल सिरोहिया नेपाल पत्रकार महासंघसामु घुँडा टेकेर सबक सिकेका छन् ।

कान्तिपुरमा कार्यरत पत्रकारलाई तलब नदिने, जागिरबाट निकाल्ने, अपमान गर्ने जस्ता हर्कत गरेपछि सिरोहियाको घमण्ड र अहँकारविरुद्ध महासंघले आन्दोलन गरेको थियो । आन्दोलनरत पत्रकारहरूले सिरोहियाको छोरा सम्भव सिरोहियाको विवाह विथोल्नेसम्मको तयारी गरेपछि बाध्य भएर महासंघसँग शुक्रबार सहमति भएको छ ।

सिरोहियाका छोरा सम्भवले नेकपा (एकीकृत समाजवादी)का नेता विरोध खतिवडाकी छोरी श्रृङ्खला खतिवडासँग विवाह गर्न लागेका छन् । श्रृङ्खला पूर्व मिस नेपाल पनि हुन् ।

प्रेमी सम्भव सिरोहियासँग यही मंसिर २८ गते उनले लगनगाँठो कस्ने तय भएको छ । सिरोहिया कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक हुन् ।

एक वर्षभन्दा बढी समयदेखि श्रृंखला र सम्भव प्रेम सम्बन्धमा थिए । श्रृंखलाले करिब दुई महिना अगाडि मात्रै सम्भवसँग अफेयरको सार्वजनिक स्वीकारोक्ति गरेकी थिइन् । विवाहको विषयमा भने अहिलेसम्म दुवैले कुनै जानकारी दिएका छैनन् ।

श्रृंखला र सम्भवको विवाह हायात होटलमा हुने निकटस्थ स्रोतले जनाएको छ । विवाहको पार्टी पनि हायात होटलमा पुस १ गते राखिएको बुझिएको छ । अहिले दुवै पक्षको परिवार विवाहको तयारीमा व्यस्त छन् ।

श्रृङ्खला सन् २०१८ मा मिस नेपाल भएकी थिइन् । सोही वर्ष मिस वर्ल्डमा भाग लिएर ब्यूटी विथ पर्पस अवार्ड जितेकी थिइन् ।

सिरोहियाले नयाँ बुहारी भित्र्याउने तयारी गरिरहेका बेला कान्तिपुर मिडिया गुप्रमा उत्पन्न श्रम समस्याका बारेमा नेपाल पत्रकार महासंघमा प्राप्त उजुरी र गुनासालाई सम्बोधन गर्न महासंघले आन्दोलन गरेको थियो ।

झण्डै दुई महिनाको सशक्त आन्दोलनपछि महासंघ नेतृत्व र कान्तिपुर मिडिया ग्रुपको व्यवस्थापन पक्षबीच पटक–पटकको औपचारिक/अनौपचारिक वार्ता भई ४ वुँदे सम्झौता भएको पत्रकार महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सहमतिमा महासंघका अध्यक्ष विपुल पोख्रेल र कान्तिपुर मिडिया ग्रुपको तर्फबाट ग्रुप चिफ अफ स्टाफ शिशिर पछाईले हस्ताक्षर गरेका छन् । पत्रकार महासंघको आन्दोलनपछि डराएका कान्तिपुरका मालिक सिरोहियाले आन्दोलनरत पत्रकार, कर्मचारीहरूको माग पूरा गरेपछि उनको घमण्ड चकनाचुर भएको छ ।

अहँकारले पत्रकार र कर्मचारीलाई टेरपुच्छर नलगाएर सिरोहियाले निकै ठूलो दादागिरि गरेका थिए । अबका दिनमा सिरोहियाको अहँकार र दादागिरिले काम गर्नेवाला छैन ।

Published : Friday, 2023 December 1, 5:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया