जाजरकोटमा नेविसंघले विद्यालयको अस्थायी भवन बनाएर दियो
काठमाडौं । जाजरकोट जिल्लामा भूकम्पबाट भत्किएको विद्यालयका विद्यार्थीलाई अध्ययनका लागि नेपाल विद्यार्थी संघ (नेविसंघ)ले अस्थायी भवन बनाएर हस्तान्तरण गरेको छ ।
नेविसंघले श्री भेरीत्रिवेणि माविमा ६ कोठे अस्थायी भवन हस्तान्तरण गरेको छ । भूकम्पमा ३९८ विद्यालय पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । ५० हजारभन्दा धेरै विद्यार्थीको पढाई प्रभावित भएको छ ।
नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ्ग शेर्पाले दुईवटा विद्यालय पूर्ण रुपमा निर्माण गर्ने भएपनि तत्काल पठनपाठन सुचारु गर्नका लागि दुई अस्थायी भवन बनाएर हस्तान्तरण गरेको बताएका छन् ।
त्रिवेणि माविको ६ कोठे भवन हस्तान्तरण भएसँगै जुनिचादे गाउँपालिकामा रहेको शिवपुरी माविको ६ कोठे भवन निर्माण सुचारु गर्दै छ ।
नेविसंघले भवन निर्माणसँगै ३०० सेट शैक्षिक सामाग्री, ६ सेट व्हाइट बोर्ड र ६ सेट बोर्ड मार्कर लगायतका अन्य शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।
विद्यालयको अस्थायी भवन हस्तारन्तरण कार्यक्रममा नेपाली कांग्रेसका नेताहरू योगेन्द्र चौधरी, राजिवबिक्रम शाही, नैनसिंह महर लगायतको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया