दुबईमा नेपाली युवा व्यवसायीद्वारा क्लव र रेष्टुरेन्टमा ३० करोड लगानी

बरदुबाई । नेपाली युवा व्यवसायीको ठूलो लगानीमा दुबई (बरदुबई)मा सुविधा सम्पन्न नेपाली रेष्टुरेन्ट र क्लव संचालनमा आउन लागेको छ ।

रेष्टुरेन्ट र क्लव डिसेम्बर पहिलो हप्तादेखि सञ्चालनमा आउन लागेको हो । नेपाली समुदायको सर्वाधिक भिडभाड हुने बरदुबईमा बिशेष गरी नेपालीलाई लक्षित गरेर नेपाली रुपियाँ करीव ३० करोड लगानीमा ‘काष्ठमाण्डप नेपाली रेष्टुरेन्ट र क्लव एसके सेभेन’ एकैसाथ सञ्चालनमा आउने लागेको छ ।

पुरानो एचएसबीसी बैंकको बिल्डिङको एम. फ्लोरमा सबै सुविधा उपलब्ध हुनेगरी व्यवस्थित र रेष्टुरेन्ट र क्लव डिसेम्बर पहिलो सातादेखि खुल्नेछ ।

क्लव र रेष्टुरेन्टका जनरल मेनेजर जेम्स गुरुङले रेष्टुरेन्टमा बिशेषगरी नेपाली स्वादमा नेपाली परिकार पाइने बताएका छन् ।

‘हामीले खानामा उच्चस्तरको गुणस्तरीय सेवा दिनेछौं’, गुरुङले भने, ‘नेपाली खानाको स्वादमा कुनै सम्झौता हुनेछैन ।’

शुद्धता, सरसफाई र खानेकुराको गुणस्तरमा कुनै कमी हुन नदिने गुरुङले बताएका छन् । पारिवारिक वातावरण, बैठक, सभाहल, पर्याप्त पार्किङको व्यवस्था रहको छ ।

बरदुबईमा पहिलो पटक यत्ति धेरै सुविधा सम्पन्न रेष्टुरेन्ट खुल्न लागेको छ । रेष्टुरेन्टबाट बरदुबईको सुन्दर दृश्य हेर्न सकिनेछ । विश्वभरबाट आउने पर्यटकको मुख्य गन्तव्य दुबई भएका कारण ग्राहकलाई सुविधा हुने गरी रेष्टुरेन्ट खोलिएको गुरुङले बताए ।

रेष्टुरेन्टको व्यवस्थापनले १ सय ९ जनासम्मलाई एकसाथ गुणस्तरीय सेवा दिन सक्ने गरेर तयारी गरिएको छ ।

नेपाली समुदायलाई सुविधाजनक ढंगले गुणस्तरीय सेवा दिनको लागि रेष्टुरेन्ट र क्लव सञ्चालन गर्न लागिएको सञ्चालक सरोज विष्टले बताएका छन् ।

मध्यम खर्चमा पनि गुणस्तरीय खाना र पूर्ण मनोरञ्जन दिने उद्देश्यले रेष्टुरेन्ट र क्लव स्थापना गरिएको विष्टले बताएका छन् । उनले रेष्टुरेन्ट र क्लव सञ्चालनका लागि सबै कानूनी प्रक्रिया पूरा गरिसकेको बताएका छन् ।

डिसेम्बर पहिलो साताबाट रेष्टुरेन्ट र क्लव एकैसाथ शुरु हुनेछ । ‘नेपालीसहित ईण्डियन, अरबिक सबैलाई समेट्नेगरी उत्कृष्ट सेवा दिनेछौं’, विष्टले भने ।

काष्ठमाण्डप नेपाली रेष्टुरेन्टमा नेपाली पहिचान झल्काउने शुद्ध नेपाली खाना उपलब्ध हुनेछ । विश्वभरि काष्ठमाण्डपको शाखा खोल्ने योजना रहेको विष्टले बताएका छन् ।

१४ वर्षमा विभिन्न देशमा १ सय रेष्टुरेन्ट खोल्ने योजना रहेको विष्टले बताएका छन् ।

क्लव र रेष्टुरेन्टमा ९५ प्रतिशत नेपाली कामदार रहेका छन् । सबै कामदार कर्मचारीहरूलाई तालिमको व्यवस्था गरिएको सञ्चालक विष्टले बताए ।

करिब ९ सयभन्दा बढी क्षमता भएको क्लव एसके सेभेनमा आधुनिक प्रविधि जडान गरिएको विष्टले बताए । ‘यो ठूलो क्लव हो’, विष्टले भने, ‘क्लवमा साउण्ड सिष्टम, लाईटिनिङ लगायतका आधुनिक प्रविधि जडान गरिएको छ ।’

क्लव भन्ने बित्तिकै महँगो हुन्छ भन्ने आम मानिसको सोंच छ । क्लव एसके सेभेनमा मध्यम बजेटमा पूर्ण मनोरञ्जन लिन सकिने म्यानेजर गुरुङले बताए ।

Published : Friday, 2023 December 1, 10:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया