पोखरामा जुवा खेल्दै गरेका छ जना पक्राउ, हातहतियार पनि बरामद
पोखरा । प्रहरीले पोखरा महागनरपालिका–२२ खाल्सेस्थित चिसाखोला बस्ने ५२ वर्षीय भेषबहादुर गुरुङको घरमा छापामारेको छ ।
बुधबार राति जुवा खेलिरहेको अवस्थामा भेषबहादुर गुरुङ समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
सो ठाउँबाट नगद ८० हजार ७ सय ९० रूपियाँ, कौडा १६ थान, जुवा खेलाउन प्रयोग भएका अर्थिङ बक्स १ थान, अर्थिङ तार, स्टेपलाईजर १ थान, अन/अफ र प्लस/माईनस सिग्नल दिइएको थिच्दा रातो बत्ती बल्ने रिमोट २ थानसहित पक्राउ गरेको छ ।
प्रहरीले गुरुङको घर तलासी गर्ने क्रममा लुकाई राखेको हर्नेट १ थान, सोको गोली २४ राउण्ड र म्यागजिन १ थान समेत बरामद भएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया