प्रहरीका ५ हजार ९ सय ३८ जवानहरूको सरुवा

काठमाडौं । नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालय नक्सालले ठूलो संख्यामा प्रहरी जवानहरूको सरुवा गरेको छ ।

५ हजार ९३८ जना जवानहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालय, मानवश्रोत विभागले जनाएको छ ।

सरुवा गरिएका जवानहरूले कात्तिक महिनाको तलब र भत्ता सरुवा भएको दरबन्दीबाट पाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Published : Tuesday, 2023 October 3, 7:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया