गौशालामा सबिर हुसैनलाई आक्रमण, सिनामंगलमा उपचार हुँदै
काठमाडौं । काठमाडौंको गौशालामा सबिर हुसैनलाई धारिलो हतियार प्रहार भएको छ ।
सोमबार बिहान गौशाला क्षेत्रमा हुसैनलाई धारिलो हतियार प्रहार भएपछि घाइते भएको प्रारम्भीक जानकारी आएको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ । सबिरलाई उद्धार गरेर प्रहरीले उपचारका लागि लगेको छ ।
सबिरलाई धारिलो हतियारका साथै गोली पनि प्रहार भएको प्रत्यक्षदर्शीको भनाइ छ । सो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । सबिरलाई धारिलो हतियार वा गोली प्रहार के भएको हो प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
घाइते भएका सबिरलाई उपचारका लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज लगिएको छ । घाइतेको खुट्टामा चोट लागेको छ ।
गोली प्रहार गर्ने व्यक्तिले धारिलो र कटुवा पेस्तोल छाडेर फरार भएको प्रत्यक्षदर्शीको दाबी छ । गौशाला प्रहरीले फरार भएका व्यक्तिको शुरु गरेको छ । घटनाका बारेमा थप बिवरण आएको छैन ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया