पशुपतिको जलहरी घोटालाको अनुसन्धान गर्ने सह-सचिवको निधन

काठमाडौं । राष्ट्रपतिको कार्यालयका सह–सचिव शेरजङ्ग कार्कीको निधन भएको छ ।

शुक्रबार बिहान राष्ट्रपति कार्यालय, कानून महाशाखाका सह–सचिव शेरजङ्ग कार्कीको निधन भएको हो ।

नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रका अनुसार कार्कीलाई शुक्रबार बिहान सवा ७ बजे अस्पताल ल्याइएको थियो ।

प्रमुख कार्यकारी अधिकृत मिश्रका अनुसार अस्पताल ल्याउँदा सह–सचिव कार्कीमा जीवनको कुनै संकेत थिएन । अस्पताल ल्याउनेबित्तिकै कार्कीलाई मृत घोषणा गरिएको मिश्रले बताए ।

बिहीबार साँझ कार्कीलाई वान्ता भएको थियो । कार्कीले शारीरिक अस्वस्थता महसुस गरेको आफन्तले जनाएका छन् ।

कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए । अख्तियारबाट उनको सरुवा राष्ट्रपति कार्यालयमा भएको थियो । कार्कीकै नेतृत्वमा अख्तियारले पशुपतिको जलहरी प्रकरणको अनुसन्धानसमेत गरेको थियो ।

५२ वर्षीय सह–सचिव कार्कीका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।

Published : Friday, 2023 September 29, 11:47 am

फेसबुकबाट तपाईको प्रतिक्रिया