जातको आधारमा भोट हाल्ने चलन हट्नु राम्रो : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जातको आधारमा भोट हाल्ने चलन हट्नु राम्रो भएको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले व्यक्तिको आधारमा भोट हाल्ने चलन बढिरहेको बताए ।
उनले मानिसहरूले विज्ञ, देशको सेवामा लाग्ने, देशको लागि सहयोग गर्ने, डेडिकेटेड व्यक्ति छानेर भोट हाल्ने गरेको बताए । सभापति देउवाले जनताले जातीभन्दा पनि देशलाई सहयोग गरिरहेको बताएका छन् ।
सभापति देउवाले पार्टीले धेरै कुरा गर्न नसकेको भएपनि मुस्लिम धर्मावलम्वीहरूका लागि समानुपातिक समावेशी हिसाबले आरक्षण गरेको बताएका छन् ।
Published : Sunday, 2023 September 24, 10:56 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया