मुस्लिम आयोगद्वारा मलङ्गवा घटनाप्रति सरकारको ध्यानाकर्षण
काठमाडौं । मुस्लिम आयोगले सर्लाहीको मलङ्गवा नगरपालिकामा मूर्ति सेलाउने क्रममा उत्पन्न द्वन्द्वले धार्मिक संहिष्णुता खलबलाउने प्रयास भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
आइतबार सिंहदरबारमा आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर मलङ्गवा घटनाका सन्दर्भमा ध्यानाकर्षण गराएका हुन् । अन्सारीले मुस्मिल समुदायको जीवन रक्षा र शान्ति सुरक्षाको माग गर्दै दोषी उपर कारबाहीको माग गरेका छन् ।
अध्यक्ष अन्सारीले मलगंवासहित मधेश प्रदेशका केही जिल्लामा अराजक तत्वहरूले धार्मिक संहिष्णुता खलबलाउने प्रयास गरिरहेको बताएका छन् । उनले त्यस्ता तत्वलाई कडा कारबाहीको माग गरेको बताएका छन् ।
अध्यक्ष अन्सारीले कर्फ्युको समयमा पनि मुस्लिम समुदायको घरघरमा लुट्ने, चेलीबेटीलाई दुर्व्यवहार गर्ने कार्य भइरहेको बताएका छन् । उनले दोषीलाई हदैसम्मको कारबाही गर्न गृहमन्त्री श्रेष्ठलाई आग्रह गरेका छन् ।
अध्यक्ष अन्सारीले मुस्लिम समुदाय सदैव शान्ति, समृद्धि र देशको उन्नति प्रगतिको पक्षमा रहेको बताएका छन् ।
विश्वकर्मा पूजाको मूर्ति सेलाउन ट्रयाक्टरमा मलंगवा नगरपालिका–३ विश्वकर्मा चो पोखरीमा सेलाउन लैजाने क्रममा ट्रयाक्टरमा बजिरहेको डिजे बाजाको विषयलाई लिएर विवाद बढेपछि तनावको स्थिति सृजना भएको थियो ।
मलङ्गवाको घटनामा शान्ति सुरक्षाको माग गरेर गृहमन्त्री श्रेष्ठलाई भेट गर्न आयोगका अध्यक्ष समिम अन्सारी, खालिद सिद्दिकी, अब्दुल खान, ताज मोहम्मद र युवा नेता डा.अबुल अन्सारीलगायतका अगुवा गएका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया