माछापोखरीमा स्कुटरलाई बसले ठक्करी दिँदा लक्ष्मीको मृत्यु
काठमाडौं । काठमाडौंमा बसले स्कुटरलाई ठक्कर दिँदा ४६ वर्षीया लक्ष्मीकुमारी बोहरा क्षेत्रीको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका–१६ माछापोखरीस्थित सडकमा बा.२ ख ६७२९ नम्बरको बसले हाल नम्बर नखुलेको स्कुटरलाई बुधबार साँझ ठक्कर दिँदा स्कुटरमा सवार पर्वत घर भएकी बोहराको मृत्यु भएको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी बोहराको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको छ ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हाल स्कुटरसहित फरार स्कुटर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
Published : Thursday, 2023 September 21, 7:50 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया