भारतले डोटी र रामेछापका क्याम्पसको भवना अनुदानमा बनाइदिने
काठमाडौं । भारत सरकारको अनुदान सहयोग अन्तर्गत कार्यान्वयन हुने दुई परियोजनाको समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
भारत सरकारको अनुदान सहयोगमा स्वास्थ्य सेवा तथा शैक्षिक क्षेत्रमा दुई वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण कार्य अघि बढाउनका लागि भारतीय राजदूतावास, काठमाडौं तथा नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच बिहीबार समझदारीपत्रमा हस्ताक्षर भएको विज्ञप्तिमा उल्लेख छ ।
यी दुई परियोजनाको कूल अनुमानित लागत नेरु. ८.०३३ करोड रहेको छ । यी दुई परियोजनाभित्र रामेछाप जिल्लाको मालागिरी शान्ति योगाश्रम र डोटी जिल्लाको केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस रहेका छन् ।
परियोजनाको निर्माण क्रमश: रामेछाप नगरपालिका र बडीकेदार गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ ।
परियोजनाको निर्माणले स्थानीयवासीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा तथा शैक्षिक सुविधा उपलब्ध गराउनुका साथै नेपाली जनताको जीवनस्तरमा सुधार ल्याउनेछ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया