तनहुँमा जागिर खान नक्कली प्रमाापत्र पेस, अख्तियारले मुद्दा चलायो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्र पेस गरी जागिर खाएको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सामाजिक परिचालक, सरसफाई सुपरीवेक्षक र उत्प्रेरक संयोजक पदमा जागिर खाएको अभियोगमा तनहुँको देवघाट गाउँपालिकामा कार्यरत होमबहादुर भारतीविरुद्ध अख्तियारले विशेष अदालत, काठमाडौंमा बिहीबार मुद्दा दायर गरेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरी राष्ट्रसेवकको ओहदा, हैसियत, लाभ र सुविधा प्राप्त गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ ।

भारतीले २०५५ सालमा प्रथम श्रेणीमा एसएलसी तह उत्तीर्ण गरेको देखिने नक्कली प्रमाणपत्र पेस गरी राष्ट्रसेवकको ओहदा, हैसियत, लाभ र सुविधा प्राप्त गरेको पुष्टि भएको आरोपपत्रमा उल्लेख छ ।

Published : Thursday, 2026 March 12, 4:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया