काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आदिवासी जनजाति विभागमा १० जना सदस्यहरू मनोनयन गरेका छन् । कांग्रेसद्वारा शुक्रबार जारी विज्ञप्तिअनुसार सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सदस्यहरू मनोनयन गरेका हुन् । पार्टीका केन्द्रीय सदस्य दिलमान पाख्रिन प्रमुख रहेको विभागमा नगेन्द्रकुमार कुमाल (इलाम), रेशमबहादुर गुरुङ (गोरखा), आनन्दसन्तोषी राई (धनकुटा), आङपासाङ शेर्पा (दोलखा), चन्द्रकुमार आङ्दम्वे (पाँचथर)लाई मनोनयन गरेका छन्...