जनताको काम गर्न छाडेर रेणु बुबा ‘प्रचण्ड’को भाषण सुन्न काठमाडौंमा

काठमाडौं । बेलाबेला आलोचना र विवादमा आइरहने भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल जनताको काम गर्न छाडेर प्रधानमन्त्री केपी ओलीविरुद्धको आन्दोलनमा सहभागी हुन काठमाडौं आएकी छिन् ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाले शुक्रबार काठमाडौंमा आयोजना गरेको विरोध र्‍यालीमा सहभागी भएकी रेणुले फेसबुकमा ‘हामी यता’ भनेर फेसबुकमा फोटो सेयर गरेकी छिन् ।

नेपाली कांग्रेसको साथ पाएपछि मेयरमा निर्वाचित भएकी रेणुलाई मत पत्र च्यातेर जितेको आरोप लाग्दै आएको छ । प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष ओलीले समेत रेणुलाई उनका बुबा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मत पत्र च्यातेर जिताएको भनेर आलोचना गरिसकेका छन् ।

भरतपुर महानगरपालिकाका जनताको सेवा गर्ने बेला मेयर रेणु भने आन्दोलनमा सहभागी हुन भरतपुरबाट काठमाडौं आएकी छिन् ।

प्रधानमन्त्री ओलीविरुद्धको विरोध कार्यक्रमलाई मेयर रणुबा बुबा प्रचण्डले सम्बोधन गर्नेछन् ।

Published : Friday, 2021 January 22, 2:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया