कांग्रेस नेतृ प्रसाइँले खोलिन् ओली–प्रचण्डको भित्री कुरा, नयाँ प्रधानमन्त्रीको नाम घोषणा

दमक । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभाको पूर्व प्रमुख सचेतक सरिता प्रसाइँले संसद पुनःस्थापना भयो भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ वा केपी ओली नै प्रधानमन्त्री बन्ने दाबी गरेकी छिन् ।

झापाको बुद्धशान्ति गाउँपालिका– ३ मा बिहीबार आयोजित कांग्रेसको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेतृ प्रसाइँले प्रचण्ड र केपीमध्यबाटै प्रधानमन्त्री बन्ने सम्भावना अहिले पनि जीवित रहेको बताइन् । नेकपाभन्ने पार्टी कानूनी रुपमा विभाजन नभएकाले कम्युनिस्टहरूले जेपनि गर्न सक्ने प्रसाइँले बताएकी छिन् ।

‘संसद पुनःस्थापना भयो भने प्रचण्ड प्रधानमन्त्री बन्ने हो । नाम तोक्नै पर्छ । कि केपी ओलीनै हो प्रधानमन्त्री बन्ने’, उनले भनेकी छिन्, ‘त्यस बेला हाम्रो काम भनेको कसलाई साथ दिने भन्ने हुनसक्छ ।’

देश र जनताका लागि कांग्रेस मात्रै चिन्तित रहेको नेतृ प्रसाइँले बताएकी छिन् । ‘वैशाख १७ र २७ मा चुनाव भएन भने देशमा संवैधानिक संकट आउँछ । सांसद नभएको व्यक्ति प्रधानमन्त्री हुन पाउँदैन’, उनले भनेकी छिन्’, ‘वैशाख १७ गतेसम्म मात्रै ओलीजी प्रधानमन्त्री । त्यस बेला समस्या आउँछ ।’

‘नेकपा फुटेको छैन । कम्युनिस्टहरू सबै गलत छन् । महत्वकांक्षाले संविधानलाई संकटमा पारेर देशलाई अफ्ठ्यारो बनाएका छन्’, कांग्रेस नेतृ प्रसाइँले भनेकी छिन्, ‘जनतालाई सचेत बनाउन हामी सडकमा आएका छौँ । हामीलाई सडकमा आउन बाध्य पर्ने ओली, प्रचण्डहरूनै हुन् ।’

उनले भनेकी छिन्, ‘ओली र प्रचण्डहरूले कति तल्लोस्तरमा पुगेर गालीगलौज गरिरहेका छन् । उनीहरूलाई पहिला थाहा थिएन ? व्यक्तिगत स्वार्थ मिल्दासम्म सबै कुरा मिल्यो । स्वार्थ मिल्न छाडेपछि बाझाबाझ गरेका छन् ।’

‘कांग्रेसलाई समस्या छ । चुनाव जितिन्छ भन्नेछ । तर, वैशाखमा चुनाव कुनै पनि हालतमा हुँदैन’, कांग्रेस नेतृ प्रसाइँले भनेकी छिन्, ‘फागुनको १५ गतेसम्म सर्वोच्च अदालतमा बहस हुन्छ जस्तो छ । नेकपाको विवादको निर्वाचन आयोगको फैसला पनि ढिला हुन्छ ।’

कांग्रेसलाई प्रचण्डले सधैँ धोका दिँदै आएको उनले बताएकी छिन् । ‘प्रचण्डले मेरै अगाडि सुशील इरालालाई धोका दिएर केपी ओलीलाई साथ दिन जानुभएको थियो’, उनले भनेकी छिन्, ‘गिरिजाप्रसाद कोइरालालाई धोका दिएका प्रचण्डले सुशील कोइराला र कांग्रेसलाई धोका दिन कुति ठूलो कुरा भयो र ? भनेर मैले प्रचण्डलाई भनेको थिएँ ।’

Published : Thursday, 2021 January 21, 10:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया