ओखलढुंगामा नेकपाकी लोकप्रिय नेतृसहित ५८ जना कांग्रेसमा प्रवेश, खतिवडाद्वारा स्वागत

सुनकोशी । ओखलढुंगाको सुनकोशी गाउँपालिकामा नेकपाका लोकप्रिय नेतृ फागुकुमारी सुनुवारसहित ५८ वटा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेसले बिहीबार सुनकोशी गाउँपालिकाको वडा नं. ९ कटुञ्जेमा आयोजित कम्युनिस्ट सरकार विरोधी कार्यक्रममा कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले नेकपाका नेता कार्यकर्ताहरूलाई पार्टीमा स्वागत गरेका हुन् । पार्टी सभापति प्रदीपकुमार सुनुवारले पनि नवप्रवेशीहरूलाई खादा लगाइएर स्वागत गरेका थिए ।

कांग्रेस प्रवेश गरेकी सुनुवार पूर्ववडा सदस्य पनि हुन् । तत्कालीन समयमा सुनुवार एमालेबाट वडा सदस्यमा निर्वाचित भएकी थिइन् ।

नेकपाको संगठित सदस्यहरू सुवास केसी, ओम भुजेल, नवीन भुजेल लगायत ५८ जनालाई खतिवडाले पार्टीमा स्वागत गरेका हुन् ।

ओखलढुंगामा कम्युनिस्टहरू अलोकप्रिय बनिरहेका बेला नेकपाका नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस प्रवेश गरेका नवप्रवेशीहरूले कम्युनिस्टहरूमा बिचलन आएको भन्दै व्यक्तिगत स्वार्थका लागि जेपनि गर्ने कार्यले गर्दा देश बरबाद हुन लागेको बताएका छन् ।

पार्टी प्रवेश कार्यक्रममा ओखलढुंगा कांग्रेसका सभापति प्रदीपकुमार सुनुवार, उप–सभापति तेजेन्द्र खनाल, सचिव रुद्र अधिकारी, युवा नेता अशोक कार्की, कमल तमाङ, बालकृष्ण दाहाल र सर्वधन तामाङलगायतको उपस्थिति रहेको पूर्वसांसद खतिवडाको स्वकीय सचिव हुकुम राईले जानकारी दिएका छन् ।

Published : Thursday, 2021 January 21, 3:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया