भोजपुरमा नेकपाका अध्यक्ष र कोषाध्यक्षसहित जम्बो टोली कांग्रेसमा प्रवेश, चापागाइँद्वारा स्वागत

षडानन्द । भोजपुर जिल्लामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

षडानन्द नगरपालिका– १ सेगुबोटेमा बुधबार आयोजित कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले नेकपाका स्थानीय नेताहरूलाई पार्टी प्रवेश गराएका हुन् । नेकपाका नेता कार्यकर्ताहरूले चापागाइँसँग कांग्रेसमा प्रवेश गर्न आफूहरू आतुर रहेको भन्दै पार्टी प्रवेश गरेका थिए ।

कांग्रेस प्रवेश गर्नेमा नेकपाका टोल कमिटीका अध्यक्ष मदन राईसहितका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।

कांग्रेस प्रवेश गर्नेमा नेकपाका गाउँ कमिटीका कोषाध्यक्ष कमला राई, भीम राई, जयबहादुर राई, कम्बल बुढाथोकी, प्रदीप राई, युवराज राई, बिक्रम कोइराला, बसन्त राई, संसार राई, सागर राई लगायत दुई दर्जन बढी नेता कार्यकर्ता रहेका छन् ।

कांग्रेसले बिहीबार वडाहरूमा गर्न लागेको विरोध प्रदर्शनमा सहभागी हुन आएका युवा नेता चापागाइँले नेकपाका नेता कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराएका हुन् । नवप्रवेशीहरूले आजै कांग्रेसमा प्रवेश गर्ने जनाएपछि चापागाइँले उनीहरूलाई पार्टीमा स्वागत गरेका हुन् ।

भोजपुर जिल्ला राष्ट्रपति विद्यादेवी भण्डारी र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको गृहजिल्ला पर्छ । कम्युनिस्टहरूसँग दिक्क भएका नेकपाका नेता कार्यकर्ताहरू भोजपुर जिल्लामा धमाधम कांग्रेसमा प्रवेश गर्न लागेका छन् ।

Published : Wednesday, 2021 January 20, 6:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया