कम्युनिस्टहरू कांग्रेसभित्र खेल्न खोजेका बेला देउवा–पौडेलबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

वरिष्ठ नेता पौडेललाई भेट्न सभापति देउवाले बोहराटारस्थित पौडेलको निवासमा पुगेका थिए । देउवा र पौडेलबीच करी एक घण्टा कुराकानी भएको स्रोतले जनाएको छ ।

प्रतिनिधि सभा विघटनको विषयमा देउवा र पौडेलको फरक–फरक कुरा आइरहेका बेला दुई शीर्ष नेताहरूबीच सम्वाद भएको छ ।

सभापति देउवा निर्वाचनको पक्षमा देखिएका छन् । वरिष्ठ नेता पौडेलले पहिले संविधान बचाउन जोड दिएका छन् ।

निर्वाचनको पक्षमा सभापति देखिएपछि संस्थापन पक्ष रुष्ट देखिएको छ । सभापति देउवाले अदालतमा विचाराधीन मुद्दाको फैसला कुरिरहेका छन् ।

पौडेल समूहका नेताहरू संसद् पुनःस्थापनाको मुद्दासहित सडकमा जानुपर्नेमा जोड दिइरहेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुबै समूह कांग्रेसभित्र खेल्न खोजीरहेका बेला सभापति देउवाले पौडेलसँग पौडेलकै निवासमा भेट गरेर सम्वाद गरेका छन् ।

Published : Monday, 2021 January 18, 9:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया