ओलीले राष्ट्रद्रोह गरे, संसद पुनःस्थापना गर्नुपर्छः रामचन्द्र पौडेल

भरतपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर राष्ट्रद्रोह गरेको आरोप लगाएका छन् ।

चितवनको भरतपुरमा शनिबार आयोजित सरकार विरोधी कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले संसद विघटन गरेर संविधानमाथि घात गरेको बताए । उनले विघटन भएको संसद पुनःस्थापना हुनुपर्ने बताए ।

संविधानलाई ओलीले उल्लंघन गरेको भन्दै संविधानलाई च्यात्न नपाइने बताए । उनले संविधान भत्काउँदा मुलुकमा अस्थिरता हुने बताए ।

Published : Saturday, 2021 January 16, 3:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया