राष्ट्रपतिको जिल्लामा कांग्रेसको अहिलेसम्मकै ठूलो प्रदर्शन, कांग्रेसको कब्जामा गयो भोजपुर

अरुण । नेपाली कांग्रेस भोजपुरको अरुण गाउँपालिका कार्यसमितिले प्रधानमन्त्री केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध भव्य रुपमा प्रदर्शन गरेको छ ।

हजारौँको संख्यामा जम्मा भएका कांग्रेसका नेता कार्यकर्ताले शनिबार ओली सरकारविरुद्ध चर्का नारावाजी गर्दै प्रदर्शन गरेका हुन् । उनीहरूले जनताले झण्डै दुईतिहाइको बहुमत दिँदा पनि तीन वर्षमा संसद विघटन गरेको भन्दै कम्युनिस्टहरूको आलोचना गरेका छन् ।

नेपाली कांग्रेस अरुण गाउँपालिका कार्यसमितिका सभापति श्रीकुमार राईको सभापतित्वमा भएको विरोध सभालाई कांग्रेसका केन्द्रीय सदस्य बाबुराम बस्नेत, भोजपुर कांग्रेसका सभापति नन्दमणि राई, नेता उमेशजंग राई, धर्मराज राई, गाउँपालिकाका अध्यक्ष एवम् कांग्रेस नेता गजेन्द्रबहादुर कार्की, शालिकराम खत्री, चुढामणि दाहाल, भुपेन्द्र राना मगर, गाउँपालिकाकी उपाध्यक्ष एवम् कांग्रेस नेतृविनिता ढकाल, करुणा थामी, तिलक पुलामी, दुर्गा ढकाल, तरुण दल अरुण गाउँ कार्यसमितिका अध्यक्ष ललित राईलगायत हजारौँ कार्यकर्ताको उपस्थिति रहेको थियो ।

भोजपुर राष्ट्रपति विद्यादेवी भण्डारी र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको गृहजिल्ला पर्छ । भोजपुरमा कम्युनिस्टहरूको यसअघि बर्चश्व रहँदै आएको थियो ।

कम्युनिस्टहरूले अधिनायकवाद लादेर व्यक्तिगत स्वार्थमा केन्द्रित भएपछि दिक्क भएका जनता कांग्रेसको प्रदर्शनमा सहभागी भएर विरोध जनाएका छन् ।

भोजपुरमा कम्युनिस्टहरू कमजोर हुँदै गएका छन् । कांग्रेसले भोजपुरमा आफूलाई बलियो बनाउँदै लगेको छ ।

Published : Saturday, 2021 January 16, 2:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया