ओली–पौडेलका लागि शुक्रबार ‘कालो’ दिन सावित

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री केपी ओलीको साधारण सदस्यता समेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको छ ।

काठमाडौंको कोटेश्वरस्थित पेरिसडाँडामा रहेको मुख्यालयमा शुक्रबार बसेको स्थायी कमिटीको बैठकले ओलीलाई कारबाही गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली र महासचिव विष्णु पौडेललाई साधारण सदस्य समेत नरहने गरी हटाउन केन्द्रीय कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिएका छन् ।

बिहीबार एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने संकेत गरेका थिए ।

संसद विघटन गरेर आलोचित बनेका ओलीलाई प्रचण्ड–माधव समूहको यो निर्णयले ठूलो धक्का दिएको छ ।

प्रचण्ड–माधव समूहले अर्थ मन्त्री समेत रहेका महासचिव पौडेललाई पनि तनाब बढाइदिएको छ ।

प्रचण्ड–माधव समूहले कारबाही गरेर साधारण सदस्यता समेत खोस्ने निर्णय गरेपछि ओली र पौडेलका लागि शुक्रबार कालो दिन सावित भएको छ ।

Published : Friday, 2021 January 15, 8:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया