कांग्रेसको हातमा सत्ता पुग्न थालेपछि यी पूर्वप्रधानमन्त्रीले ओली–दाहाल–नेपाललाई गाली गरे

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने बताएका छन् ।

गोरखामा स्थानीय पत्रकारहरूसँग शुक्रबार कुराकानी गर्दै डा.भट्टराईले देउवा प्रधानमन्त्री बन्ने सम्भावना रहेको बताए ।

उनले प्रधानमन्त्री केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसमेत रिङआउट भइसकेकाले कांग्रेसको हातमा सत्ता जान लागेको बताए ।

‘प्रतिनिधि सभा विघटन गरेर ओलीले अपराध गरे’, उनले भने, ‘अदालतको फैसलाले ओलीलाई अब रिङआउट गर्छ ।’

डा.भट्टराईले भने, ‘उनीजस्तो भष्मासुरलाई हुर्काउने प्रचण्ड–नेपालसमेत प्रधानमन्त्री पदका लागि लायक छैनन् । अब कांग्रेसको हातमा सत्ता जान्छ, देउवा प्रधानमन्त्री हुने अवस्था छ ।’

जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका डा.भट्टराईले नेकपा फुटेपछि जसपा चौथो दलमा पुग्ने बताए । उनले चौथो दलले प्रधानमन्त्री दाबी गर्न नमिल्ने उल्लेख गरेका छन् ।

Published : Friday, 2021 January 15, 6:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया