ओली विरोधी अधिवक्ताले पत्ता लगाए गायब भएको असली कुरा, धेरैको चिढ्चिढ पसिना छुट्यो

काठमाडौं । सर्वोच्च अदालतबाट संसद विघटनसम्बन्धी मुद्दाको मिसिलमा संलग्न एउटा सक्कल कागजात फिर्ता भएको खुलेको छ ।

प्रतिनिधिसभा विघटनबिरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा नियमित सुनुवाई भइरहँदा प्रधानमन्त्री कार्यालयले सक्कल कागजात फिर्ता लगेको रहस्य शुक्रबार खुलासा भएको हो ।

राष्ट्रपति कार्यालयलाई पठाएको प्रतिनिधि सभा विघटनको सिफारिससम्बन्धी ५ पुसमा मन्त्रिपरिषदले गरेको निर्णय मिसिलबाट गायब भएको बहसमा सहभागी एक जना अधिवक्ताले जनाएका छन् ।

सुनुवाईका क्रममा वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले सक्कल फाइल खोजेका थिए । श्रेष्ठले सक्कल फाइल खोजेपछि नेपाल बार एसोसियसनको सभा हलमा प्रत्यक्ष प्रसारण गरिएको भिडियोको आवाज बन्द गरिएको छ । मुद्दाको मिसिलमा फोटोकपी मात्रै भेटिएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पुस २८ गते फर्काउने गरी प्रधानमन्त्री कार्यालयले पुस २३ गते सक्कल प्रति लगेको इजलासलाई जानकारी दिएका छन् ।

राणाले कागजातको नक्कल मात्रै मिसिलमा रहेको विषयलाई शुरुमा इन्कार गरेका थिए । पछि उनले प्रधानमन्त्री कार्यालयका मानिसले सक्कल कागजात लिएर गएको स्वीकारेका छन् ।

प्रतिनिधिसभा विघटनको मुद्दामा प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश राणाबीच अस्वभाविक निकटता बढेको चर्चा चलिरहेका बेला अदालतबाट कागजात गायब भएको छ ।

प्रधानन्यायाधीश राणा र प्रधानमन्त्री ओलीबीच बालुवाटारमा बिहीबार गुपचुप भेट भएको चर्चा चलेको थियो ।

सक्कल कागजात फिर्ता लगेको विषयले इजलासमा खैलाबैला मच्चिएको छ । रिट परेको महिना दिनसम्म संवैधानिक वा पूर्ण वृहत् कुन इजलासले यो विवाद हेर्ने भन्ने टुंगो नलागिरहेकै बेला कागजात हराएको छ ।

Published : Friday, 2021 January 15, 5:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया