देउवासहितका नेताहरू चढेको हेलिकप्टर आकस्मिक अवतरण

गोरखा । मौसमको खराबीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण गरेको छ ।

पालुङटारको आँपपिपल भन्ने स्थानमा हेलिकप्टर आकस्मिक अवतरण गरेको छ । हेलिकप्टरमा सभापति देउवाका साथै नेता गोपालमान श्रेष्ठ र अर्जुनप्रसाद जोशी सवारी थिए ।

सभापति देउवा पर्वत कांग्रेसको नयाँ भवनको उद्घाटन गर्न बिहीबार काठमाडौंबाट पर्वत जाँदै थिए ।

Published : Thursday, 2021 January 14, 1:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया