बालुवाटार जग्गा काण्डमा मुछिएका पौडेल अर्थ मन्त्री भएका बेला कम्युनिस्ट सरकारले चन्दा माग्यो

काठमाडौं । भ्रष्टाचारको आरोप खेप्दै आएको केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारले कोरोनाविरुद्धको खोप खरिद गर्न चन्दा मागेको छ ।

प्रधानमन्त्री ओलीले जनतालाई निःशुल्क कोरोनाको खोप दिने बेला चन्दा माग गरिएपछि कांग्रेसले विरोध गरेको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले खोप खरिद गर्न सरकारद्वारा चन्दा माग गरिएको विषयलाई आलोचना गरेका छन् ।

‘खोप ल्याउन सरकार सार्वजनिक रुपले चन्दाको विज्ञापन छाप्छ’, शर्माले ट्वीट गर्दै भनेका छन्, ‘भेन्टिलेटर किन्न र जनताको उपचार गर्न पैसा छैन भन्छ । अर्कोतिर अर्बौं खर्च हुने चुनाव घोषणा गर्छ ।’

‘जनताको जीवन रक्षाभन्दा जनताको भोट अपेक्षा, जब प्रधान हुन्छ, बुझ्नुपर्छ त्यो सत्ता जनताको होइन, न लोकतान्त्रिक हा,े न मानवीय’ शर्माले भनेका छन् ।

हृदयश त्रिपाठी स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेपछि खोप किन्न पत्रिकाहरूमा सूचना जारी गरेर चन्दा मागेका छन् ।

ओली सरकारमा बालुवाटार जग्गा काण्डमा मुछिएका विष्णु पौडेल अर्थ मन्त्री छन् । अर्थमन्त्री पौडेलले कोरोनाविरुद्धको खोप खरिद गर्न पैसा नदिएका कारण स्वास्थ्यमन्त्री त्रिपाठीले चन्दा उठाउन सूचना निकालेको भनेर सामाजिक सञ्जालहरूमा चर्चा भएको छ ।

वाइड बडी काण्ड, यती काण्ड, ओम्नि काण्डमा अरबौं रुपियाँ घोटाला भएका समाचार बाहिरिएका छन् । तर, सरकारले जनताको जीवन बचाउन चन्दा उठाउन सूचना निकालेको छ ।

Published : Thursday, 2021 January 14, 1:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया