देउवाद्वारा प्रधानमन्त्री अस्वीकार, प्रचण्ड–माधवसँग गोप्य भेट, राष्ट्रपतिमा पौडेलको लोभ

काठमाडौं । नेकपा औपचारिक रुपामा विभाजन हुन नसके पनि नेपाली कांग्रेसलाई सरकारको नेतृत्वका लागि अबसर आएको छ । प्रधानमन्त्री केपी ओलीसँग साँठगाँठ रहेको चर्चा भइरहेका बेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गरेका छन् ।

काठमाडौंमा बुधबार राति सभापति देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीच गोप्य वार्ता भएको छ ।

त्यसका लागि दाहाल–नेपाल समूहले संसद पुनःस्थापनाको पक्षमा लबिङ र आन्दोलन गर्नुपर्ने माग राखेका छन् । दाहाल–नेपाल समूहको प्रधानमन्त्रीको प्रस्तावलाई देउवाले सिधै अस्वीकार गरिदिएका छन् ।

स्रोतका अनुसार सभापति देउवाले जसरी पनि नेकपालाई औपचारिक रुपमा विभाजन गराउन खोजेका छन् । चार पटकसम्म प्रधानमन्त्री बनेका देउवा अझै दुई पटक प्रधानमन्त्री बन्ने योजनामा छन् । ज्योतिषले छ पटक प्रधानमन्त्री बन्छस् भनेर भनेको भन्ने चर्चा भएका बेला देउवाको धेरैले खिल्ली उडाएका थिए । नेकपाले तीन वर्षमा संसद विघटन गरेर मध्यावधि निर्वाचनमा जाने निर्णय गरेपछि देउवाको त्यो इच्छा कतै पूरा त हुँदैन भनेर विभिन्न अड्कलबाजी भएका छन् ।

देउवालाई दाहाल–नेपाल समूहले प्रधानमन्त्रीको प्रस्ताव गरेपनि अस्वीकार गरिदिएका हुन् । देउवाले ओलीसँग निकट रहेर अगाडि बढ्ने योजना बनाएको स्रोतको भनाइ छ । तर, दाहाल–नेपाल समूहले वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि राष्ट्रपतिको लोभ देखाएका छन् । दाहाल–नेपाल समूहको लोभमा परेका पौडेलले नेकपा औपचारिक रुपमा विभाजित नहुँदै संसद पुनःस्थापनाको पक्षमा लबिङ गरिरहेका छन् । पौडेलले लोकतन्त्र र संविधानका कुरा गरेका छन् । पौडेलले संसद पुनःस्थापनाको माग किन गरिरहेका छन् भन्ने कुरा धेरैलाई थाहा भइसकेको छ ।

गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपतिमा असहयोग गरेका प्रचण्डले पौडेललाई राष्ट्रपति पद दिन्छन् भन्ने कुनै ज्ञारेन्टी छैन । दाहाल र नेपालकै कारण पौडेल यसअघि प्रधानमन्त्रीमा १७ पटक पराजित भइसकेका छन् । पौडेलले अगाडि पछाडिको कुरा नहेरेर दाहाल–नेपाल समूहलाई साथ दिन पुगेका छन् । नेकपा फुटाउन सिन्को पनि भाँच्न नसकेका पौडेललाई देउवाले नेकपा फुटाएको हेर्न र सुन्न मन छैन । देउवाकै रणनीतिले नेकपा फुटको नजिक पुगेको छ ।

यस्तो अवस्थामा कांग्रेस एक भएर जानुपर्ने बेला पौडेलको हर्कतले फेरि नेकपा एक हुने हो कि भन्ने ठूलो आशंका जन्मिएको छ । संसद पुनःस्थापना भयो भने नेकपा एकीकरण हुने सम्भावना निकै छ । नेकपा एक भयो भने कांग्रेस सत्ताभन्दा बाहिर रहनेछ । अहिले पनि संसद पुनःस्थापना भयो भने कांग्रेस तेस्रो पोजिशनमा पुग्नेछ । पौडेलले कांग्रेसलाई संसद पुनःस्थापना गराएर तेस्रो पोजिशनमा पुर्‍याएर देउवालाई तेस्रो दलको नेतामा सीमित बनाउन खोजेका छन् ।

पौडेलले कांग्रेसलाई निर्वाचनमा जानबाट रोक्न खोजेका छन् । पौडेललाई युवा नेता गगन थापाले पनि साथ दिएका छन् । दाहाल–नेपाल समूहलाई पौडेल र थापाले सहयोग गरिरहेका छन् । नेकपा औपचारिक रुपमा विभाजन भयो भने देउवाको उचाइँ बढ्नेछ । देउवाको उचाइँ बढ्यो भने पौडेल र थापालाई घाटा हुनेछ । देउवालाई रोक्न पौडेलले संसद पुनःस्थापनाको कुरा उठाएका छन् । द

ेउवाले ओलीलाई साथ नदिएको भए नेकपा यो अवस्थामा आउन सक्ने थिएन । देउवाले अपजस लिएर कम्युनिस्टहरूलाई फुटाएका छन् । देउवालाई साथ दिने बेला पौडेल समूह नानाभाँती कुरा गरेर बखेडा झिकेर बसेको छ । कम्युनिस्टहरू एक भए भने त्यसको अपजस देउवाले होइन, रामचन्द्र पौडेल र गगन थापाले लिनुपर्ने कांग्रेसका अधिकांश नेताहरूको भनाइ छ ।

Published : Thursday, 2021 January 14, 8:10 am

फेसबुकबाट तपाईको प्रतिक्रिया