चुनावमा जान कांग्रेस तयारी अवस्थामा छः देउवा

बाह्रबिसे । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसद पुनःस्थापना वा विघटनलाई सदर गर्नेमध्ये जे फैसला आएपनि स्वीकार गर्ने बताएका छन् ।

सिन्धुपाल्चोकको बाह्रबिसेमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले निर्वाचनमा जान कांग्रेस तयारी अवस्थामा रहेको बताए । सर्वोच्च अदालतबाट संसद बिघटनको पक्षमा निर्णय आए पार्टीले चुनावमा भाग लिने बताए ।

सभापति देउवाले सर्वोच्च अदालतले संसद पुनःस्थापना वा बिघटनको जुन निर्णय गरेपनि कांग्रेसले स्वीकार गर्ने बताए ।

सभापति देउवाले भने, ‘कांग्रेस स्वतन्त्र अदालतको सम्मान गर्छ । स्वतन्त्र रुपले अदालतले काम गर्न पाउनु पर्छ । अदालतले जे निर्णय गर्छ । कांग्रेसले मानेर अघि बढ्छ ।’

संसद बिघटन असंवैधानिक रहेको उनले बताएका छन् । ‘अदालतलाई पार्टीले स्वतन्त्र मान्छ ।

पुनःस्थापना भए सक्रियतापूर्वक चुनावमा भाग लिन्छौँ’, उनले भने, ‘बिघटनकै पक्षमा निर्णय आए पनि स्वीकार्छौँ ।’

देउवाले सडकबाट न्यायालयलाई धम्क्याउन नहुने बताएका छन् । संसद बिघटन भएर चुनाव हुने स्थितिलाई समेत ध्यानमा राखेर कांग्रेसले गाउँ–गाउँमा चुनावी गतिविधि थालिसकेको सभापति देउवाले बताएका छन् ।

Published : Tuesday, 2021 January 12, 11:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया