ओलीको रिस थापामाथि, झण्डै टाउको फुट्यो

धनगढी । प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापा चढेको गाडीमा तोडफोड भएको छ ।

मंगलबार नेकपाको अछाममा सम्पन्न बैठकपछि फर्किने क्रममा अध्यक्ष थापा सवार गाडीमा तोडफोड भएको हो । थापा प्रधानमन्त्री ओलीका विश्वासपात्र मानिन्छन् ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल निकटका युवाहरूले अध्यक्ष थापा सवार प्रदेश ३ – ०१०२३ च ७०६९ नम्बरको गाडीमा तोडफोड गरेको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिएका छन् ।

प्रहरी स्कटिङमा अछाम जिल्लाबाट बाहिरिदै गरेको अवस्थामा केही युवाले अध्यक्ष थापा चढेको गाडीमा ढुंगामुढा प्रहार गरेको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताएका छन् ।

प्रचण्ड–माधव निकटका युवाले प्रहार गरेको ढुंगाबाट अध्यक्ष थापा जोगिएका छन् । ढुंगा प्रहारबाट थापाको टाउको बचेको छ । ढुंगा प्रहार गर्नेलाई पक्राउ गरेर कारबाहीका लागि अछामको स्थानीय प्रशासन लागेको छ ।

Published : Tuesday, 2021 January 12, 7:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया