आरआर क्याम्पसका प्रधापकलाई युवती काण्डमा पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसका प्राध्यापक विष्णुप्रसाद आचार्यलाई पक्राउ गरेको छ ।

आरआर क्याम्पसका प्राध्यापक ४५ वर्षीय आचार्यलाई प्रहरीले सोमबार कलेजबाटै पक्राउ गरेको जनाएको छ ।

प्रध्यापक आचार्यले आरआर क्याम्पसमा अध्ययनरत युवतीलाई सामाजिक सञ्जालमार्फत यौन हिंसा गरेको आरोप छ ।

आचार्यलाई यौन हिंसाको आरोपमा छानविनका लागि पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिएका छन् ।

प्राध्यापक आचार्यलाई नियन्त्रणमा लिएर अभद्र व्यवहारसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको एसएसपी सिंहले जानकारी दिएका छन् ।

Published : Tuesday, 2021 January 12, 1:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया