तराई–मधेसमा कांग्रेस सक्कियो भन्नेहरू फेरि जिल परे, पर्साले राख्यो इज्जत

वीरगञ्ज । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीविरुद्ध गरेको विरोध प्रदर्शनमा पर्सामा हजारौँ नेता कार्यकर्ताहरूको सहभागिता देखिएको छ ।

तराई मधेसबाट कांग्रेस सिद्धियो भन्नेहरूलाई पर्सा कांग्रेसले गतिलो जवाफ दिएको छ । नेविसंघ पर्साका अध्यक्ष विकास तिवारीका अनुसार ओलीको असंवैधानिक कदमविरुद्ध शनिबार भव्य प्रदर्शन भएको छ ।

अध्यक्ष तिवारीले कांग्रेसलाई तराई मधेसबाट समाप्त भयो भन्नेहरूलाई पर्सा कांग्रेसले जवाफ दिएको बताएका छन् ।

कम्युनिस्ट र मधेस केन्द्रित दलहरूले तराई मधेसबाट कांग्रेस समाप्त भयो भनेर हो–हल्लाहरू गरेका थिए । सरकार विरोधी कांग्रेसको सभाहरूमा तराई मधेसमा दिनप्रति दिन जनसहभागिताहरू बढिरहेको छ ।

तराई मधेसमा कांग्रेसप्रतिको जन लहर पनि बढेर गएको छ । शनिबार तराई मधेसका जिल्लाहरूमा भएका विरोध प्रदर्शनहरूमा लाखौँ नेता कार्यकर्ताहरू सहभागी भएका छन् ।

कांग्रेसले फेरि एक पटक तराई मधेसमा आफ्नो दब्दबालाई कायम बनाउन खोजेको छ ।

कम्युनिस्ट र मधेस केन्द्रित दलहरू शनिबारको कांग्रेसको प्रदर्शनलाई देखेर झस्किएको नेविसंघ पर्साका अध्यक्ष तिवारीले बताएका छन् ।

Published : Sunday, 2021 January 10, 9:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया