सभामुखलाई आफ्नै मतदाताले छाडे, अधिकांश कार्यकर्ता कांग्रेसमा प्रवेश

बाह्रबिसे । सिन्धुपाल्चोक जिल्लामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरेर एक सयभन्दा धेरै नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

शनिबार कांग्रेसले क्षेत्र नं. १ का विभिन्न स्थानमा गरेको सरकार विरोधी कार्यक्रममा नेकपा परित्याग गरेर नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् । कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरेका छन् ।

नेता बस्नेतले कांग्रेसले कम्युनिस्टले जस्तो झुठ बोल्न नजान्ने भन्दै सबैलाई मिलाएर राख्ने बताए ।

कांग्रेसले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमविरुद्ध सिन्धुपाल्चोक क्षेत्र नं. १ को चाकु बजार र खाडीचौरमा भव्य प्रदर्शन गरेको छ ।

यो क्षत्रमा तत्कालीन माओवादीबाट अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन् ।

सापकोटाले काम गर्न नसकेको भनेर आलोचना भइरहेका बेला उनका मतदाताका साथै पार्टीका नेता तथा कार्यकर्ता धमाधम कांग्रेसमा प्रवेश गर्दै आएका छन् ।

आफ्नै पार्टीका नेता कार्यकर्ता र मतदाताहरू कांग्रेसमा प्रवेश गरेपछि सापकोटा तनाबमा परेको कार्यक्रममा कांग्रेसका नेताहरूले बताएका थिए ।

यसअघि पनि सिन्धुपाल्चोकमा नेकपाका हजारौँ नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरिसकेका छन् ।

Published : Sunday, 2021 January 10, 7:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया