झापामा ओलीका लोकप्रिय नेता कार्यकर्ता कांग्रेसमा प्रवेश, सरिता प्रसाइँद्वारा स्वागत

खुदुनावारी । झापा जिल्लामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थानीय लोकप्रिय नेताहरू कांग्रेसमा प्रवेश गरेका छन् ।

शनिबार झापाको क्षेत्र नं. २ ‘ख’ खुदुनावारीमा प्रधानमन्त्री केपी ओलीद्वारा संसद विघटन गर्ने असंवैधानिक कदमविरुद्धको विरोध सभामा नेकपा परित्याग गरेर २३ जना नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् । कांग्रेस प्रवेश गरेका स्थानीय नेताहरू तत्कालीन एमालेमा सक्रिय थिए ।

नवप्रवेशीहरूलाई नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभाकी पूर्व सचेतक सरिता प्रसाइँले पार्टीमा स्वागत गरेकी छिन् ।

पूर्वमन्त्री समेत रहेकी कांग्रेस नेतृ प्रसाइँले नवप्रवेशी नेता कार्यकर्ताहरूलाई पार्टीको सदस्यता समेत प्रदान गरेकी छिन् । उनले नवप्रवेशीहरूलाई कांग्रेसको संगठन निर्माणमा लाग्न निर्देशन समेत दिएकी छिन् ।

झापा प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला पर्छ । ओली प्रतिनिधि सभामा झापाबाट निर्वाचित भएका हुन् ।

सत्तास्वार्थमा ओलीसहितका नेकपाका शीर्ष नेताहरू केन्द्रित हुँदा पार्टीनै विभाजन हुन पुगेको छ ।

ओलीसँग निरास भएका नेता कार्यकर्ताहरूले पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेको जनाएका छन् ।

कांग्रेस प्रवेश गरेका नेकपाका नेता कार्यकर्ताहरू स्थानीयस्तरमा लोकप्रिय मानिन्छन् ।

Published : Saturday, 2021 January 9, 8:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया