ओली धेरै बोल्न थालेपछि कांग्रेसले बोलायो बैठक

काठमाडौं । कामचलाउ सरकारका प्रधानमन्त्री केपी ओली काठमाडौं उपत्यका बाहिर गएर समेत सम्बोधन गर्न थालेपछि रणनीति बनाउन नेपाली कांग्रेसले आफ्नो कन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गरेर मुलुकको समग्र राजनीतिक विषयमा छलफल गरि निर्णय लिने माघ ६ गते बैठक बस्ने जनाएका छन् ।

यसअघि पुस २७ गते दिउँसो १ बजे कार्यसमितिको बैठक बोलाइएको थियो । सो बैठकलाई माघ ६ गते मंगलबार दिनको १ बजे बस्ने गरि सारिएको पौडेलले बताए ।

प्रधानमन्त्री ओलीले उपत्यका बाहिर गएर ठूला ठूला सभाहरूलाई सम्बोधन गर्न थालेका छन् । ती सभाहरूमा ओलीले विघटन भएको संसद कुनै पनि हालतमा पुनःस्थापना नहुने दाबी गरिरहेका छन् ।

संसद विघटनको मुद्धा सर्वोच्च अदालतमा विचाराधीन छ । विचाराधीन रहेको मुद्धामा ओलीले बोल्न थालेपछि कांग्रेसले चिन्ता जनाइरहेको छ ।

Published : Friday, 2021 January 8, 6:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया