नागपोखरीमा चिनियाँ राजदूतको कफीले काठमाडौंमा खैलाबैला

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरूको व्यक्तिगत स्वार्थका कारण पार्टीनै विभाजन गरेपछि मित्र राष्ट्र चीनलाई सबैभन्दा धेरै टाउको दुखेको छ ।

चीनले नेकपालाई मिलाउन ठूलो प्रयासहरू गरिरहेको छ । चीनले केही दिन अगाडि आफ्ना प्रतिनिधिहरूलाई पठाएर नेकपा मिल्नका लागि दवाव समेत सिजर्ना गरेको थियो ।

चीनले अहिले पनि काठमाडौंमा आफ्ना तीन जना एजेन्टहरू राखेर नेकपालाई मिलाउन र संसद पुनःस्थापना गरेर जान दवाव दिइरहेका यसअघिनै समाचार सार्वजनिक भइसकेका छन् ।

यसैक्रममा नेकपाका नेता वामदेव गौतमले चिनियाँ राजदूत हाउ यान्छीसँग भेट गरेको भन्ने समाचारहरू पनि सम्प्रेषण भएका छन् । तर, गौतमको सचिवालयले चिनियाँ राजदूत यान्छीसँग भेट नभएको भन्दै भ्रामक प्रचारबारे प्रष्टीकरण दिएको छ ।

काठमाडौंको नागपोखरीमा गौतम र राजदूत यान्छीबीच गोप्य भेटवार्ता भएको दाबी गरिएको छ ।

तर, गौतमको सचिवालयले ‘क्याफे इमाडिगो’को माथिपट्टी गौतमका छोरा हरिशदेव गौतमको अफिस रहेको भन्दै सोही क्रममा वामदेव गौतम र राजदूत यान्छीबीच देखादेख मात्रै भएको जनाएको छ ।

वामदेव छोराको अफिसमा गएको र चिनियाँ राजदूत यान्छी कफी पिउन गएका बेला देखाभेट भएको उनीहरूका बीच देखाभेट भएको वामदेव गौतम निकट मानिने पत्रकार विश्वमणि सुवेदीले फेसबुकमार्फत जनाएका छन् ।

‘त्यहाँ देखादेख मात्रै भएको हो । कुराकानी भएको होइन’, पत्रकार सुवेदीले लेखेका छन्, ‘उहाँहरू दुबै पार्टी एकता पक्षधर हुनुहुन्छ ।’

चिनियाँ राजदूत यान्छी र गौतमबीच भेट भएको भनेर समाचारहरू प्रकाशित भएपछि गौतमलाई तनाब भएको छ ।

चिनियाँ राजदूत यान्छी र चीनका एजेन्टहरूलाई अहिले पनि नेकपाका नेताहरूलाई गोप्य रुपमा भेट्ने गरेको चर्चा हुने गरेको छ ।

Published : Friday, 2021 January 8, 11:34 am

फेसबुकबाट तपाईको प्रतिक्रिया