ओली समूहद्वारा सर्लाही पूरै कब्जा, प्रचण्ड–माधव गुट रित्तियो, २८ गते भब्य प्रदर्शन

हरिवन । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालका राम्रा नेताहरूले गुट परिवर्तन गरेर सर्लाही जिल्लामा प्रधानमन्त्री केपी ओलीको समूहतिर लागेका छन् ।

सर्लाहीमा प्रचण्ड निकट मानिने पूर्वसांसद शिवपुजन राय, राजनारायण राय यादव, शम्भु पासवान, पूर्व पार्टी सचिव राजकुमार यादवलगायतका एक दर्जन बढी राम्रा नेताहरू ओली समूहमा खुलेर लागेका छन् ।

मावधकुमार नेपाल निकटका ममता सिंह राजपुत, सञ्जीव सिंहलगायतका नेताहरू पनि ओली समूहतिर लागेका छन् ।

ओली समूहले पुस २८ गते मलंगवामा भब्य प्रदर्शनको तयारी गरेको छ । प्रदर्शनलाई उप–प्रधानमन्त्री ईश्वर पोखरेल, प्रदेश २ का ईञ्चार्ज सत्यनारायण मण्डल, प्रदेश २ का अध्यक्ष प्रभु साह, सचिव सुमन प्याकुरेल, लीलानाथ श्रेष्ठ, जुली महतो, रघुवीर महासेठ लगायतले सम्बोधन केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेले जानकारी दिए ।

मलंगवाको प्रदर्शनमा करीव ५० हजार कार्यकर्ता ओराल्ने पूर्वमन्त्री न्यौपानेले दाबी गरेका छन् ।

सर्लाही जिल्लामा ओली समूहले आफ्नो दब्दबा कायम राखेको छ । पार्टी कार्यालय पनि ओली समूहले नै कब्जा गरेको छ ।

सर्लाही जिल्लामा ओली समूहका केन्द्रीय सदस्यहरू बद्रीप्रसाद न्यौपाने, कमलादेवी महतो, राजनारायण साह, हरि उप्रेती, गणेश प्रसाइँ र कल्पना कटवाल रहेका छन् ।

Published : Thursday, 2021 January 7, 6:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया