पर्दा पछाडिबाट उपयुक्त निर्णय लिन कांग्रेसलाई कसले गरायो बाध्य ?

काठमाडौं । नेपाली कांग्रेसलाई कानून व्यवसायीहरूले संविधान र विधिको बचाउमा लाग्न सुझाव दिएपछि केन्द्रीय कार्यसमितिको बैठकबाट दोस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक भएको छ ।

वरिष्ठ अधिवक्ता शेरबहादुर केसीसहित एक दर्जन कानून व्यवसायीहरूले कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतसँग भेट गरेर कांग्रेसको नेतृत्वमा बनेको संविधान रक्षा गर्नतिर लाग्न दवाव दिएका थिए । कानून व्यवसायीहरूको सुझावलाई डा.महतले तत्काल सभापति शेरबहादुर देउवासँग कुरा गरेर दोस्रो चरणको आन्दोलन घोषणा भएको थियो ।

कांग्रेसले स्थानीय तहका कार्यकर्तालाई क्रियाशील बनाउने गरेर कार्यक्रम बनाएको छ । यी कार्यक्रम आउनुमा कांग्रेस निकटका कानून व्यवसायीहरूको ठूलो भूमिका छ । कांग्रेसलाई सत्ताभन्दा बाहिर रोक्नका लागि कम्युनिस्टहरूले अहिलेको संविधानमा धेरै व्यवस्थाहरू जबरजस्त रुपमा राखेका छन् । सुधारिएको संसदीय व्यवस्था भनिएको छ । विश्वमा कहि नभएको सुधारिएको संसदीय व्यवस्थामा सबैभन्दा ठूलो घाँडो नेकपालाई भएको छ ।

संविधानका अमिल्दा प्रावधानहरूले गर्दा ओलीलाई सरकार चलाउन समस्या भयो । संसद विघटन गरिदिए । संसद विघटन गर्दा नेकपा विभाजन हुन पुगेको छ । ओलीलाई संविधानले संसद विघटन गर्ने अधिकार दिएको छैन । ओलीले ६५ प्रतिशत बहुमतको प्रधानमन्त्रीले संसद विघटन गर्न सक्नेभन्दै तर्कहरू गरेका छन् । चाहे जे भए पनि संविधानमा रहेका धेरै गलत प्रावधानहरूले लोकतन्त्रलाई संरक्षण गर्न समस्या भएको छ ।

कांग्रेसलाई आफ्नो नेतृत्वमा बनेको संविधानको रक्षा गर्नुपर्ने बाध्यता छ । संविधान रक्षा गर्दा विभाजन भएका नेकपाहरू मिल्ने सम्भावना उत्तिकै छ । संसद पुनःस्थापना भयो भने दुबै नेकपा मिलेर सरकार बनाउने सम्भावना ठूलो छ । नेकपालाई मिल्न दिनु हुँदैन भन्ने ठूलो आवाज कांग्रेसमा छ । वरिष्ठ नेता रामचन्द्र पौडेल संसद पुनःस्थापना गर्ने पक्षमा छन् ।

संसद पुनःस्थापना भयो भने कम्युनिस्टहरू मिल्ने भनेर धेरैले विश्लेषण गरेका छन् । संसद पुनःस्थापना भयो भने सबैभन्दा ठूलो घाटना केपी ओलीलाई हुनेछ । ओली आफू समाप्त हुने भए भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपासँग मिलेर जान सक्ने सम्भावना धेरै छ ।

यस्तो अवस्थामा कांग्रेसले सुझबुझका साथ नेकपालाई मिल्न नसक्ने गरि टाढा बनाउनुपर्छ । संसद पुनःस्थापना हुन नदिएर पेलेरै कांग्रेस अगाडि बढ्नुपर्छ । निर्वाचन समयमा गराउनका लागि आन्दोलनबाट दवाव सिर्जना गर्नुपर्छ । त्यसो गरियो भने कांग्रेसलाई ठूलो मौका मिल्न सक्छ । कम्युनिस्टहरू कमजोर भएर जानेछन् । त्यसको फाइदा कांग्रेसलाई हुनेछ ।

Published : Thursday, 2021 January 7, 12:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया