कालो झण्डा देखेपछि झस्किए ओलीका मन्त्री

जाजरकोट । पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपालस समूह निकटका विद्यार्थीले खोनपानी तथा सरसफाइमन्त्री मणि थापालाई कालो झण्डा देखाएर विरोध गरेका छन् ।

प्रधानमन्त्री केपी ओली समूहको पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न जाजरकोट आइपुगेका मन्त्री थापालाई प्रचण्ड–माधव समूहका विद्यार्थीले सडकमा कालो झण्डा देखाएका हुन् । मन्त्री थापाविरुद्ध विद्यार्थीले सडकमा नारावाजी समेत गरेका थिए ।

थापालाई जाजरकोटबाट नेपालगञ्ज फर्कने क्रममा भेरी नगरपालिका–४ बोहरामा अखिलका कार्यकर्ताले कालो झण्डा देखाएको जनाइएको छ ।

मन्त्री थापा प्रधानमन्त्री ओली नेतृत्वको नेकपाका स्थायी कमिटीका सदस्य पनि हुन् । संसद विघटन गर्ने ओलीको कदमलाई मन्त्री थापाले साथ दिएका छन् ।

Published : Wednesday, 2021 January 6, 12:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया